सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशका लागि निर्वाचन कलष्टर सार्वजनि भएको छ । बुधबारदेखि जारी प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । त्यसका लागि आज कलष्टर सार्वजनिक गरिएको हो ।
२४ प्रदेश निर्वाचन क्षेत्र रहेका कर्णालीमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव दुई जना गरेर ५ पदाधिकारी र १२५ सदस्यको कलष्टर तय गरेको छ ।
१३५ सदस्यीय प्रदेश कमिटिमा ५ सदस्यको सिट जगेडा राखिएको छ ।
निर्वाचन कमिटिले सार्वजनिक गरेको क्लष्टरमा २ पुरुष १ महिला गरेर ७२, दलित १ पुरुष ६ महिला गरेर १५ जना तोकिएको छ । १५ दलितमा ४० वर्षमुनिका ३ पुरुष १ महिला तोकिएको छ ।
यसैगरी जनजातीतर्फ ५ पुरुष ३ महिला गरेर ८ जना जसमा ४० वर्षमुनिका १ पुरुष र महिला तोकिएको छ । खुल्लामा १९ पुरुष १० महिला गरी २९ जनामा ४० वर्ष मुनिका ४ पुरुष २ महिला तोकिएको छ । अल्पसंख्यक तर्फ १ जना सदस्य गरेर १३० जनाको निर्वाचन क्लष्टर सार्वजनिक गरेको छ ।