सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र सुरु भएको छ। आज बिहान ८ बजे हुने भनिएको बन्दसत्र अहिले साँझ ५ बजेपछि मात्र सुरु भएको हो।
सहमतिबाट नेतृत्व छनोट गर्ने नेताहरूबीचको छलफलका कारण बदसत्र ढिलाई भएको जनाइएको छ।
सहमति प्रयास भने असफल भएको एक नेताले जानकारी दिए। उनका अनुसार अब बन्दसत्र पछि निर्वाचन प्रक्रिया सुरु हुनेछ।
प्रदेश अध्यक्षका लागि गुलाबजंग शाह, मिनबहादुर शाही, राज बहादुर शाही र ध्रुव शाही आकांक्षी छन्। उनीहरूमध्ये गुलाबजंग र मीनबहादुर बीच चुनावी प्रतिस्पर्धा हुने सङ्केत देखिएको ती नेताले बताए।