सुर्खेत। नेकपा एमालेको महासचिव शंखर पोखरेलले ‘अदालत’ अदालत जस्तो नभएको टिप्पणी गरेका छन्। पार्टीको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सरकार, सदन र अदालत प्रति टिप्पणी गरेका हुन्।
एमालेले पाएको जनादेशलाई अवमूल्यन हुने गरी अदालतले परमादेश जारी गरी नयाँ सरकार गठन भएको बताए।
मुलुकका अन्य राजनीतिक शक्तिले एमाले माथि घेराबन्दीमा गरिएको बताए। ‘एमालेलाई चौतर्फी घेराबन्दी गरिएको छ। यसबाट जोगिन यो अधिवेशनले पार्टी एकताबद्ध गर्नेछ। नेतृत्व बलियो बनाउनेछ।’ उनले भने ।
मिसन २०८४ एकल नेतृत्वमा बहुमत प्राप्त जनादेश सहित बलियो राष्ट्रिय शक्ति स्थापना गर्ने योजनामा सफल हुने नेतृत्वलाई निर्वाचित गर्ने अधिवेशनको अपेक्षा व्यक्त गरे।
पुराना नया शक्तिका नाममा विभाजन गर्ने प्रयास भएको बताउँदै उनले राजनीतिक दल पुरानो नहुने बताए।
भविष्यको योजना बोकेको, कार्यकर्ताको विश्वास जितेको पार्टी भएको दावी गरे।
एमालेलाई बलियाे राष्ट्रिय शक्तिका रुपमा विकास गरिनुपर्ने उनले बताए।
‘हामीले चाहेजस्तो परीणाम प्राप्त गर्न सकेनाैँ । तर, जनताकाे राेजाईकाे पहिलाे पार्टी बन्याे । तर, केन्द्रकाे सरकारमा हामी हुन सकेनाैँ ।’ उनले भने।
मिसन २०८४ मा एमाले एक्लैले बहुमत ल्याउने र साेही अनुसार नेता, कार्यकर्ताहरुलाई लाग्न उनले निर्देशन दिए।