सुर्खेत । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिपरेको बताएका छन । बुधबार सुर्खेत विमानस्थलमा प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।
रक्षामन्त्री खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउदै कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको बताएका छन । ‘सेवालाई सहज बनाउनेमा सरकार केन्द्रित छ,’’ उनले भने, ‘जनतासँग जोडिएका विषयमा सहजता प्रदान गर्ने सरकारको ध्यान छ ।’’ कानुनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकारले आवश्यक कानुनहरू बनाउने तयारीमा लागिरहेको पनि उनले बताएका छन ।
खड्काले विकास निर्माणका कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वय गरेर अगाडि बढेको समेत जानकारी दिए । बजेट कार्यान्वयनका प्रक्रियालाई छिटो, छरितो, र सरल बनाउनका लागि हुने ढिलासुस्तीलाई सुधार्दै अगाडि बढाउनेबारे सरकार गम्भीर रहेको बताए ।
उनले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको जानकारी दिए । ‘‘उत्तरतिर विस्तार गर्ने कुरामा समस्या छैन । तर दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न सक्दैन,’’ उनले, ‘‘अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण नभएको बताए ।