सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले संविधानको रक्षा र व्यवहारमा प्रयोग गर्दै अगाडी बढनुको विकल्प नभएको बताएका छन् । बुधबार कर्णाली प्रदेश सरकारद्वारा आयोजित संविधान सभा मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘नेपाली समाजको विविधतामा एकता अपरिहार्य छ । नेपाल सयौं जातजाति र सयौं भाषाभाषि, विविध सांस्कृतिक र धार्मिक आस्था राख्ने नेपाली जनताको संगम थलो हो ।’ उनले भने, ‘ती सबैको भावनाको प्रतिनिधित्व नेपालको संविधान २०७२ ले गरेको छ ।’
आत्मनिर्भर अर्थतन्त्र विकासमा मुलुकलाई अगाडी बढाउनुपर्ने बताए । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि भ्रष्टाचार उन्मूलन अभियान र आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक रहेको बताए ।
उनले तीन तहका सरकारहरुबीच समन्वय र सहकार्य गरी जनभावना र आवश्यकता पुर्ति गर्ने, बेरोजगार र गरिवीबाट मुक्त गर्दै संविधानले परिकल्पना गरेको सामाजिक न्यायमा आधारित समतामूलक समाजको कल्पना बमोजिम काम गर्नुपर्ने धारणा व्यक्त गरे ।