सुर्खेत । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा गर्वमा साथ सिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचार विरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् ।
सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘ भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भनेर हामीले भनाई नै स्थापित गरिसकेका छौँ ।’
लिङ्देनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको बताए । यद्यपि आदेश दिने, बाहिर देखाउनका लागि मात्र गर्नु नहुने उनको भनाइ छ । ‘सरकारलाइ स्यााबसी नै दिनुपर्ने अवस्था आएको छैन,’ उनले भने,‘ बरु सरकारले जरैदेखि उखेल्छ भने सरकारलाई राप्रपाले समर्थन मात्र होइन सरकारलाई अफ्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छ।’
साथै कोशी प्रदेशको सरकार निर्माणको विषयलाई लिएर राप्रपाले बार्गेनिङ गरिरहेको विषयमा सत्यता नरहेको उनले स्पष्ट पारे ।
एक दुई थान मन्त्रीका लागि राप्रपाले बार्गेनिङ नगर्ने उनको भनाइ थियो ।
पार्टीको प्रशिक्षण कार्यक्रममा लागि लिंदेनसहित नेतृ कुन्ती शाही, धुर्व प्रधान लगायतका नेताहरु सुर्खेत आएका हुन् ।