सुर्खेत । प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले कर्णाली राजमार्ग स्तरोन्तीको माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले छिटोभन्दा छिटो कालोपत्रे सहितको कर्णाली राजमार्ग स्तरोन्ती गर्न माग गरे ।
उनका अनुसार आर्थिक वर्ष २०६६/६७ देखि हालसम्म ४३३ वटा सवारी दुर्घटना भएको छन् । ती दुर्घटनाबाट १९९ जनाले ज्यान गुमाए भने कम्तिमा ८ सय बढी घाइते भएका छन् । केहीको अहिलेपनि उपचार भइरहेको छ ।
पछिल्लो समय भदौं १७ गते जुम्लाको कनकासुन्दरी ४ मा गाडी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको थियो ।