काठमाडौँ । नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् ।
आइतबार साँझ ७ बजेबाट उनी सम्पर्क विहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए ।
प्रजिअ पोखरेलले भने– ‘उहाँलाई सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ ।’ साँझ ७ बजेपछि पण्डित एकाएक सम्पर्कविहीन भएका थिए ।