सुर्खेत। सुर्खेत क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नेता हृदयराम थानी र नेकपा एमालेका तर्फबाट अमृत विसीले उम्मेद्वारी दर्ता गराएका छन्।
निर्वाचन क्षेत्र नम्बर २ (क)मा प्रदेश सभा सदस्य पदका लागि नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र एमालेबाट यामलाल कँडेलले उम्मेद्वारी दिएका छन् भने (ख) क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका विन्दमान विष्ट र एमालेका ताराकेशर गौतमले मनोनयन दर्ता गराएका छन्।
साथै, प्रदेशसभा २ (क) मा पदम बनले स्वतन्त्र उम्मेदवारी दिएका छन्। बन पूर्व वाइसियल जिल्ला अध्यक्षसमेत हुन्।