कर्णाली प्रदेश । रुकुम पश्चिमकाे नुवाकाेट प्रहरी चाैकीमा तोडफोड र आक्रमण भएकाे छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका कार्यकर्ताहरूले प्रहरी चौकी तोडफोड गरेका हुन् ।
कांग्रेस निकट नेपाल दरुण दलका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच ढुंगा हानाहान भएकाे थियाे । तरूण दल कार्यकर्ता प्रहरी चौकीभित्र छिरेपछि वाइसिएलले चौकी तोडफोड गरेका हुन्।
बुधबार बेलुकी ८ बजेतिर माओवादीले कांग्रेसका त्रिवेणी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको गाडी तोडफोड गर्दा पनि कांग्रेस र माओवादी कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो।
कांग्रेसका १३ जना कार्यकर्ता चौकीमा पुगेका थिए। उनीहरूलाई वाइसिएल कार्यकर्ताले लखेटेका थिए। कांग्रेस कार्यकर्तालाई प्रहरीले संरक्षण गरेको भन्दै वाइसिएलले प्रहरी चौकी नै तोडफोड गरेका छन्।
त्रिवेणी वडा नम्बर ९ को वडाध्यक्ष उम्मेदवारमा माओवादीबाट वाइसिएल जिल्ला अध्यक्ष जनक विश्वकर्मा छन्।