कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षा प्रणालीलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताएका छन् ।
बुधबारदेखि वीरेन्द्रनगरमा आयोजित कर्णाली एजुकेशन एक्स्पोको उद्घाटन सत्रमा बोल्दै भण्डारीले ढुङ्गे युगदेखि सूचना प्रविधिको युगमा प्रवेश गर्दा पनि सोही अनुरुप शिक्षामा बढोत्तरी परिवर्तन हुन नसकेको बताए ।
उनले अब शिक्षा प्रणालीलाई उत्पादनसंग जोड्न आवश्यक रहेको उल्लेख गर्दै शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए ।
आफ्नो भूमिका अनुरूपको जिम्मेवारी पूरा नगर्दा नै अहिले चौतर्फी वितृष्णा जागेको उनको भनाइ छ ।
‘विद्यार्थी भर्ना अभियानको समयमा शिक्षक हरु आन्दोलनमा छन्,’ उनले भने, ‘संघीय सरकारले जायज मागलाई सम्बोधन गरी शिक्षकलाई आन्दोलनबाट फर्काउन आग्रह गर्छु ।’