काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संगठित अपराधको मतियार भएको बताएका छन् ।
बिहीबार संसद्लाई सम्बोधन गर्दै प्रचण्डले सहकारी अपचलनमा सिधै संलग्न नभए पनि कम्पनीमा सहकारीको रकम आएकै कारण रवि लामिछानेलाई हिरासतमा राखिएको तर कर छली र ललिता निवास प्रकरणबाट आएको पैसाले केन्द्रीय कार्यालय बनाइरहेको पार्टी अध्यक्ष संगठित अपराधको मतियार हो कि होइन भन्दै प्रचण्डले प्रश्न गरे ।
उनले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र अख्तियार ऐन संशोधनमा प्रधानमन्त्रीको ठाडो हस्तक्षेप नीतिगत भ्रष्टाचार हो कि होइन ? भन्दै प्रश्न समेत गरे ।