कर्णाली । दैलेखको महाबु गाउँपालिकाका ५ हजार ४४७ मत खसेको छ । यो कुल मतदाताको ४३ प्रतिशत मत हो । जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीका अनुसार दिउँसो एक बजेसम्म ५ हजार ४४७ जनाले मतदान गरेका छन् ।
महाबुको अध्यक्षका लागि बिहानै ७ बजेबाटै सुरु भएको मतदान जारी छ । जम्मा १२ हजार ६१४ मतदाता रहेको महाबुमा ९ मतदान स्थल र १६ वटा केन्द्र तोकिएको छ ।
महाबुको अध्यक्षमा कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादीबाट जंगबहादुर बराल मगर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा चुनावी मैदानमा होमिएका छन् । यस्तै राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर पनि चुनावमा होमिएका छन् ।