सुर्खेत । सल्यानमा सत्तारुढ गठबन्धनका दलहरु स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने भएका छन् । दलहरुबीच सहमति नजुटेपछि गठबन्धनको निर्णयबाट स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् ।
सल्यानस्थित गठबन्धनदलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी रहेका छन् । दलको आज बसेको बैठकले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामार्फत चुनावमा जाने निर्णय पारित गरेको जनाइएको छ ।
दलको बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति केशबहादुर विष्ट, उपसभापति सन्तोष केसी, सचिव एकराज बुढाथोकी, नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधी सभा सदस्य समेत रहेका जिल्ला ईन्चार्ज उमकान्त शर्मा, संयोजक कृतिबहादुर पुन र नेकपा एकिकृत समाजवादीका तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज लोक बहादुर डाँगी, अध्यक्ष हरिहर केसीले हस्ताक्षर गरेका छन् ।