हुम्ला । हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिवार दिउँसो कर्णाली कोरिडोर हुम्लाको सर्केगाड गाउँपालिका सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप ताजाँकोट गाउँपालिका–२ पुईँमामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राजा बस्ने वर्ष ४९ कि विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका–६ का ५ वर्षीय अविशेक बुढा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । उनकाअनुसार गियर बक्स बिग्रेर रोकेको अवस्थामा जिप सडकबाट ब्याक भई ३ सय मिटर तल खसेको हो ।
उक्त जिपमा चालक सहित सात जना सवार थिए । गियर बक्स बिग्रेपछि पाँच जना गाडीबाट झरेर जिप बनाइरहेका थिए । तर, मृतक दुई जना गाडीमै थिए । अचानक गाडी ब्याक भएर उक्त घटना भएको प्रहरीले जनाएको छ । बुढा विष्णुसँग नेपालगञ्ज मामा घरमा दसैँ मान्न जान लागेका थिए ।