सुर्खेत । नवौँ संविधान दिवस कर्णाली प्रदेश सरकारले भव्यरूपमा मनाएको छ । कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, सभामुख नन्दा गुरुङ, मुख्यमन्त्री यामलाल कँडेलदेखि विपक्षी दलका नेता राजकुमार शर्मा, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, राजनीति दलका नेता, कार्यकर्ता, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्काउट,उच्चपदस्त सरकारी कर्मचारी लगायत सर्वसाधरणको उपस्थितिमा कर्णाली सरकारले संविधान दिवस मनाएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा प्रदेशको मुल समारोह समितिले प्रभातफेरीको पनि आयोजना गरिएको थियो । संविधान दिवसको विषेश सभालाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अबको जिम्मेवारी भनेको सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु भएकाले अहिलेको प्रमुख कार्यभार पनि यही भएको बताए । त्यसतर्फ प्रदेश सरकार लागि रहेको पनि उनको भनाइ थियो ।