सुर्खेत । जाजरकोटमा भाइरल ज्वरोले एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–१२ की २९ वर्षीया हिरा बिष्ट रहेकी छन ।
१० दिनदेखि बिरामी बिष्टको समयमा उपचार हुन नपाउँदा मृत्यु भएको नलगाड नगरपालिकाका कार्यपालिका सदस्य बद्री पन्तले बताए ।
बिरामी भएकी उनको घरमै घरेलु उपचार गरिएको थियो।
अन्तिम समयमा मात्र स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएकाले बचाउन नसकिएको पन्तले बताए ।