काठमाडौँ । नेपाल नागरिक उडडयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ।
प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन्। उनले त्यसको विस्तृत विवरण भने सरकारले गठन गरेको छानविन समितिले दिने बताए। सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भिएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ।
महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरित हेलिकप्टर बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गरे। उनले भने, ‘आज बिहान हामीले माननीय मन्त्रीज्यु, सचिवज्यु, हामी गएर साईट पनि हेर्यौं। यसको रुट कज चाहीँ सरसर्ती हेर्दाखेरी यद्यपि यो छानविन आयोगले नै बताउला। ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादल भित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ।
यो चाहीँ पाईलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित हो। यो कानूनल वर्जित गरेको विषय हो। यो रुटकज भनेको चाँही भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा। यसको डिटेल इन्भेष्टिगेशनत सरकारले गठन गरेको आयोगले नै बताउला।’
साउन २३ गते बुधबार सो हवाईजहाज दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो।