काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विषयमा चिन्ता नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।’
मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको बताए । ‘यो सरकार मेरो नेतृत्वमा २ वर्ष चल्ने हो, २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुन्न’, उनले भने, ‘यसपछि शेरबहादुरजीको नेतृत्वमा जाने हो ।’