काठमाडौं । जलविद्युत् आयोजनाका प्रवर्द्धक दीपक खड्का ऊर्जामन्त्री नियुक्त भएका छन् ।
उनी १ सय २० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत् परियोजना, ४।७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका प्रवर्द्धक हुन् ।
संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का पूर्वखानेपानी राज्यमन्त्री पनि हुन् । उनमाथि लैनचौरस्थित नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसायमा लगाएको आरोप लाग्दै आएको छ । उनले ५ करोड रुपैयाँभन्दा बढी भाडा स्काउटलाई नबुझाएको पनि स्काउटले जनाएको छ ।
सो जग्गा नेपाल स्काउटलाई फिर्ता गर्न पाटन उच्च अदालतले आदेश दिए पनि त्यो समेत कार्यान्वयन हुन सकेको छैन ।