सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरीबहादुर क्षेत्रीको निधन भएको छ । जन्मघर पर्वतको कुस्मा भई हाल वीरेन्द्रनगर–७ इत्राम घर भएका ५२ वर्षीय लेखाअधिकृत क्षेत्रीको मंगलबार निधन भएको हो ।
कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार उनको हृदयघातका कारण निधन भएको हो । उपचारका क्रममा अक्सिजनको लेभलमा सुधार नभएपछि निधन भएको हो ।
क्षेत्रीको शव अस्पतालको शव गृहमा राखिएको छ । स्थानीय निजामति कर्मचारीमा समायोजन भएपछि क्षेत्री २०७४ साउन १५ गते वीरेन्द्रनगर नगरपालिकामा हाजिर भएका थिए । त्यसअघि उहाँ दैलेख, कालिकोट लगायतका जिल्लामा कार्यरत थिए ।
क्षत्रीलाई हृदयघात हुनु पूर्व बुलबुले तालमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन कार्यक्रमको उदघोषण गरेका थिए ।
मुख्यमन्त्री यामलाल कँडेलसहित सहभागी कार्यक्रम समापन पश्चात केसी बुलबुले उद्यानमा बेहोस भएका थिए । उनलाई तत्काल उपचारको कर्णाली प्रदेश अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।
क्षेत्रीका एक छोरा र दुई छोरी छन् ।