काठमाडौँ । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेका छन् । करिब दुई अर्ब बचत अपचलन गरेको उजुरीको आधारमा काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चितवनको नेपाल भारत सीमा नजिककाबाट पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
सहकारीको बचत अपचलनसम्बन्धी जाहेरी नयाँ बानेश्वर प्रहरी बृत्तमा परेको थियो । उनले विभिन्न सहकारीबाट करिब ८ अर्ब बचत अपचलन गरेको बाहिर आइरहेको छ । तर अहिले करिब दुई अर्बको अपचलनसम्बन्धी जाहेरी आएकाले उनलाई पक्राउ गरिएको छ । धेरै बचत अपचलन गर्ने ठूला सहकारी मध्ये कान्तिपुर सहकारी पनि एक हो ।