काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएपछि पक्राउ परेका राप्रपाका नेता नीराजन बम रिहा भएका छन् । उनलाई आइतबार साँझ रिहा गरिएको हो ।
यसअघि आज नै मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको थियो ।
शनिवार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका थिए।