बागमती । मकवापुरमा एक युवकले आफ्नै साथीको हत्या गरेका छन्। मनहरी गाउँपालिका-६ प्रतापुरको लच्कामा ३४ वर्षीय अम्मरबहादुर लोप्चनले ५० वर्षीय जितबहादुर मोक्तानको हत्या गरेका हुन्।
बिहीबार बिहान साढे १ बजे आफ्नै घरमा सुतिरहेका मोक्तानमाथि लोप्चनले साबेल प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। लोम्चन र मोक्तान सँगै मजदुरीमा हिँड्थे। उनीहरू निर्माण क्षेत्रका काममा मजदुरी गर्थे। लोप्चनकै घरमा प्रायः सँगै सुत्थे पनि।
साबेल प्रहारपछि गम्भीर घाइते भएका मोक्तानको उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि चितवन जिल्ला अस्पताल भरतपुर पुर्याइएको थियो।
उपचारकै क्रममा बिहीबार बिहान ३:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। साबेल प्रहार गर्ने लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।