गण्डकी । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र सहकारी बचतकर्ताहरू आमनेसामने भएका छन्। सहिदचोकमा भएको यो भिडन्तमा दुवै समूहले चर्को रूपमा नारा लगाइरहेका छन्।
सहकारी बचतकर्ताहरूले “सहकारी रकम अपचलन गर्ने रविलाई कारवाही गर” लगायतका नारा लगाउँदै रवि लामिछानेको विरुद्धमा आफ्नो असन्तोष व्यक्त गरेका छन्। अर्कातिर, रास्वपाका कार्यकर्ताहरूले “परिचालितहरु होसियार” जस्ता नारासहित आफ्नो पक्षमा जन समर्थन जुटाउन प्रयास गरिरहेका छन्।
यो स्थिति तनावपूर्ण रहेको छ र प्रहरीले नियन्त्रणमा राख्न प्रयास गरिरहेको छ। दुवै समूहका नेता र सदस्यहरूले आफ्ना माग र गुनासो जनाउनका लागि चर्को आवाजमा नारा लगाइरहेका छन्।