काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सांसदहरूबाट सभा सञ्चालनमा सहयोग नभएको भन्दै प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन्।
सभामुख घिमिरेका अनुसार भदौ ३० गतेसम्मका लागि बैठक स्थगित भएको छ। नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्ने नरहेको जानकारी गराएपछि माओवादीका सांसदहरूले विरोध जनाएका थिए।