सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमवार बसेको प्रदेश सभा बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले सांसदहरुको मत प्राप्त गरेका हुन्।
सभाको कुल संख्या ४० मध्य उपस्थित संख्या ३७ रहेको थियो। जसमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ मत परेको सभामुख नन्दा गुरुङले घोषणा गरिन्।