सुर्खेत । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालयहरूमा बिदा दिइएको छ । २० गते आइतबारदेखि २५ गतेसम्म गर्मी बिदा दिइएको हो ।
अत्यधिक गर्मी बढेपछि बालबालिकाहरूको स्वास्थ्यमा समस्या देखिएको र शिक्षण सिकाइको वातावरण प्रतिकूल भएको भन्दै बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
साथै, सामुदायिक विद्यालयहरूमा सञ्चालन हुने योग तथा ध्यान कक्षा, सङ्गीतसँग सम्बन्धित आधारभूत सीप विकास कक्षा र मनोसामाजिक परामर्श कक्षालाई विद्यालय, विद्यार्थी र मौसम अनुकूलको समय मिलाएर सम्बन्धित संस्थाहरूसँग समन्वय गरी सञ्चालन गर्न पाइने छ ।