राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
शीतल निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा सदनको गतिरोध हटाउने विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ।
सहकारीको बचत हिनामिना छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलले पनि गृहकारी गरिरहेको छ।
कार्यदलको बैठक पनि अहिले बिहान बस्दैछ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति नबनाइ सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ। आजै सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचीसमेत रहेको छ।