काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन् ।
उनले राष्ट्रिय मुक्ति आन्दोलनका घोषणा गरेका हुन् ।
महतोले संविधान जारी भएपछि ६ महिना मधेसी जनताले संघर्ष गर्दा पनि हार बेहोर्नुपरेको भन्दै देशका सबै उपेक्षित, उत्पीडित समुदायलाई समेटेर अर्को बृहत्तर आन्दोलनको जरूरी भएको बताए । त्यसका लागि लोसपालगायत सबै शक्तिलाई आह्वान गरिएको जनाएका छन् ।
अन्य आदिवासी जनजातिहरूको पहिचानवादी आन्दोलन पनि सफल हुन नसकेको उनको निष्कर्ष छ । यी सबै आन्दोलनहरू एकल नश्लीय शासन व्यवस्थाविरू रहेको उनको भनाइ छ ।