कर्णाली। रास्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशमा मतदान सुरु भएको छ। बिहीबार बिहान ९ बजेदेखि सुरु हुने भनिएपनि १५ मिनेट ढिला गरी मतदान सुरु भएको हो।
कर्णालीमा तीन पदका लागि छ जनाले उम्मेदवारी दिएका छन्। सत्तारुढ गठबन्धन दल र नेकपा एमाले बीच प्रतिस्पर्धा छ।
निर्वाचन प्रणालीमा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र प्रदेश सभा सदस्यहरु मतदाता हुने व्यवस्था छ । त्यसअनुसार यसपटक हुने निर्वाचनमा प्रति प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार रहेको छ। यसरी गणना हुँदा कर्णाली प्रदेशको कूल मतभार पाँच हजार ८४ रहेको छ।
कर्णालीमा सत्तारुढ गठबन्धन दल बलियो देखिएको छ। पार्टीबाटै निर्वाचित जनप्रतिनिधीहरुको संख्या बढी रहेकाले गठबन्धनकै उम्मेदवार जितको नजिक हुने अनुमान गरिएको छ।
सत्तारुढ गठबन्धन दलबाट अन्य कलस्टरमा कृष्णबहादुर रोकाया, महिलातर्फ सावित्री मल्ल र दलिततर्फ विष्णु विकले उम्मेदवार छन् ।
यस्तै, नेकपा एमालेका तर्फबाट अन्यमा डिल्ली प्रसाद भट्ट, महिलातर्फ विमला शाही र दलिततर्फ हिक्मत विकले उम्मेदवार छन् ।
यो पनि: