कार्यकर्ता पोस्दा वीरेन्द्रनगरको आम्दानी जुटाउनमा कमजोर भूमिका

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका आन्तरिक आम्दानी जुटाउनमा कमजोर बन्दै गएको छ । राजश्व संकलनका कार्यहरु समयमा व्यवस्थित नगर्दा कमजोर बनेको हो । यसतर्फ जनप्रतिनिधी, कर्मचारी र नागरिकमा समेत ध्यान नपुगेको देखिन्छ । नगरपालिका भने अमानतबाट काम गराउने साेचमा राजनीतिक कार्यकर्ता व्यवस्थापनकाे अस्त्र बनाइरहेकाे छ।
महालेखापरीक्षकको विगतका प्रतिवेदनमा वीरेन्द्रनगर नगरपालिकालाई आन्तरिक आम्दानीमा ध्यान दिन भनेको छ । समयमा ठेक्का सम्झौता नगर्दा आम्दानी कम भएको प्रतिवेदनले औल्याएको थियो । मलेपले समेत पटक–पटक प्रतिवेदनमा उल्लेख गर्दा पनि नगरपालिका कार्यालय भने जिम्मेवार भएको छैन । जसका कारण नगरपालिकाले वार्षिक करोडौं घाटा व्यहोरेको छ ।

नगरपालिकाका सिटी बसपार्क, नदीजन्य पदार्थ उत्खनन्, मनोरञ्जन कर, कबाडी सामाग्री निकासी, पैठारी लगायतका आन्तरिक आम्दानीका स्रोतहरु हुन् । यी क्षेत्रबाट वार्षिक करोडौं आम्दानी हुन्छ । तर, यसपटक नगरपालिकाले समयमा ठेक्का सम्झौता गर्न सकेको छैन ।
ठेक्का खुलेको छ महिनासम्म भएन सम्झौता
गत साउन दोस्रो साता जडिबुटी, कवाडीजन्य मालसामान तथा जीवजन्तु आदिको व्यवसायिक उपयोग शुल्क उठाउने सम्बन्धी ठेक्का भएको थियो । ठेक्का भएको छैठौं महिनासम्म सम्झौता हुन सकेको छैन । सातवटा कम्पनीबची भएको प्रतिस्पर्धामा सबैभन्दा बढी अंक कबोल गरेको ‘मान्यता निर्माण सेवा’ छनोटमा प¥यो । कम्पनीले ९५ लाख रुपैँया बुझाउने गरी ठेक्का पेस गरेको थियो ।
‘ठेक्का खोलिएको दुई महिना पछि मात्रै सम्झौता गर्न आउने पत्राचार भयो । दुई महिनाको राजश्व घटाउने भएमात्र सम्झौता गर्न तयार थिएँ । त्यस अनुसार कम्पनीका तर्फबाट शर्त राखेँ । कार्यान्वयन भएन । धरौटी रकम जफत गरिएको छ ।’ मान्यता निर्माण सेवाका प्रोपराईटर साबीर मीयाले भने ।
नगरपालिकाले पहिलो कम्पनीसँग ठेक्का सम्झौता नगरी बदर गरिदिएको छ । पहिलो कम्पनीको ठेक्का बदर भईसकेपछि दोस्रो कम्पनीसँग सम्झौता गर्नुपर्ने थियो । तर, पनि हुन सकेको छैन । दोस्रोमा सबैभन्दा बढी ७० लाख बुझाउने गरी ए.के. कबाड कलेक्सनले ठेक्का पेस गरेको छ । ती कम्पनीका प्रतिनिधीलाई पनि नगरपालिकाले ठेक्का बदर गरिएको भनेर झुक्याएको छ ।
ठेक्का सम्झौता नहुँदा अन्य सात वटा कम्पनीहरुले समेत …