सुर्खेत । जाजरकाेट शिवालय गाउँपालिकाका ९ वटै वडाहरु शनिवार पनि खुल्ने भएका छन् । शुक्रवार गाउँपालिकाले एक सुचना जारी गर्दै पालिकाभित्रका सबै वडा कार्यालय खुल्ला रहने जनाएको हो।
भुकम्पबाट प्रभावित लाभग्राहीको लागि अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८० को फारम भर्ने तथा तथ्याङ्गक लगत राख्ने भएकाले पालिकाअन्तरगतका सबै वडाहरु शनिवार पनि खुल्ला रहने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले जानकारी दिए ।
उनकाअनुसार शनिवार पंश्चातका अन्य सार्वजनिक विदाको दिनमा पनि वडा कार्यालयहरु खुल्ला रहने छन् । साथै भुकम्प प्रभावित तथा लाभग्राहीलाई फारम भर्ने/भराउने तथा लगत राखि सेवा दिन उनले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।