काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालु का संयोजक दुर्गा प्रसाईंलाई स्थानीय प्रशासनले घरबाहिर निस्कन रोकु लगाएको छ ।
निषेधित क्षेत्रमा कार्यक्रम गर्ने, सामाजिक सद्भाव भड्काउनेलगायतका क्रियाकलापमा संलग्न हुन खोजेको भन्दै स्थानीय प्रशासनले उनलाई स्थानहद घरबाट बाहिर निस्कन रोक लगाएको हो ।भक्तपुरको थिमिस्थित उनको निजी निवासबाहिर दंगा नियन्त्रण टोलीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अनुमति नलिई प्रसाईंले सार्वजनिक कार्यक्रम गर्न खोजेको बताइन् । हिजोको उहाँहरूको गतिविधि अराजक देखियो । आज फेरि अनुमति नलिई सार्वजनिक स्थानमा कार्यक्रम राख्ने भन्नु भएको छ । बिनाअनुमति यसरी कार्यक्रम गर्न पाइँदैन । उहाँहरूकै सुरक्षाका लागि उहाँ जहाँ हुनुहुन्छ त्यहीँ रोकिएको हो । अनुमति नलिई उहाँहरूलाई कार्यक्रम राख्न दिइने छैन, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन् ।
बिहीबार बल्खु क्षेत्रमा भएको विरोध प्रदर्शनपछि प्रसाईंले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ । समापन कार्यक्रममा प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा विरोध प्रदर्शन गर्ने बताएका थिए ।