काठमाडौ । प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा बसेको वार्तामार्फत ६ बुँदे सहमति भएको हो।
सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका केही बुँदामा असहमति जनाउँदै शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका थिए।
सहमति भएसँगै शिक्षकहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।