सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनका लाग निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । बुधबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सञ्चालित अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । त्यसका लागि निर्वाचन प्रयोजनार्थ निर्वाचन कमिटीले कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार आजै ३ः३० बजे मतदाता नामावली प्रकाशन, ३ः३० बजेदेखि ४ः३० बजेसम्म मतदाता नामावली उपर दावी विरोध, ४ः३० बजेभित्र नामावली उपर परेको दावी विराध र सुधारको सूचना प्रकाशन गर्ने, ५ बजे दावी विरोध उपर छानविन र निर्णय लिने तथा ५ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
यस्तै, ५ः३० बजे बजेदेखि ७ः३० बजेसम्म उम्मेदवारका दरखास्त फराम वितरण र दरखास्त फारम दर्ता गरी ९ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ ।
आजै, ९ः१५ देखि १०ः४५ सम्म उम्मेदवारको विरोधमा उजुरी दिने, १०ः४५ देखि ११ः१५ सम्म उजुरी उपर छानविन र निर्णय लिने, ११ः१५ बजे उम्मेदवार नामावली पुनः प्रकाशन गरी राती ११ः३० देखि शुक्रबार विहान ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरिएको निर्वाचन कमिटीले जनाएको छ ।
यसैगरी, शुनिबार १२ः३० बजेदेखि ६ बजेसम्म मतदान हुने छ ।
मतदानपछि मतगणना, निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र प्रदान र शपथ ग्रहण हुने कार्यतालिकामा उल्लेख छ ।