सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र अन्यौल भएको छ। बुधबार सुरु भएको अधिवेशनको आज बिहान ८ बजे देखि बन्दसत्र सुरु हुने भनिएको थियो। तर, अपरान्ह ३:४५ बजेसम्म पनि सुरु हुन सकेको छैन।
नेतृत्व चयनको लागि सहमतिको प्रयास भइरहेकोले बन्दसत्र सुरु हुन नसकेको नेताहरुको स्पष्टोक्ति छ।
प्रदेश अध्यक्षका लागि गुलाबजंग शाह, मिन बहादुर शाही, राजबहादुर शाही र ध्रुव शाह आकांक्षी छन्। उनीहरू मध्ये मिनबहादुर शाहीलाई अध्यक्ष बनाउन केन्द्रीय नेताहरुको दबाब छ।
एमाले स्रोतका अनुसार मिन बहादुरलाई अध्यक्ष बनाउन महासचिव शंकर पोख्रेल लबिङमा थिए। तर उनको प्रस्तावमा सहमति जुट्न नसके पछि पोखरेल काठमाडौ फर्किएको एक नेताले जानकारी दिए।
प्रयास भईरहेपनि आजै सहमति जुटाउन नसके भोलिदेखि मतदान प्रक्रियामा जाने ती नेताले बताए।