सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दुईजना सल्लाहकार थपेका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको वैठकले मुख्यमन्त्रीको सल्लाहकारमा थप दुई जनालाई नियुक्त गरेको हो ।
मुख्यमन्त्री शर्माको जनसम्पर्क सल्लाहकारमा सुर्खेतकी हरिमाया शर्मा नियुक्त भएकी छन्, भने प्रेस सल्लाहकार (विज्ञ) मा सल्यानका प्रतीक इच्छुक शर्मालाई नियुक्त गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित शिर्षकहरु