सुर्खेत। संविधान सभा सदस्य एबम् वर्तमान प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापाले संविधान र कानुन बमोजिम हामी मर्यादित हुन जरुरी रहेको औंल्याएका छन्। बुधबार कर्णाली प्रदेश सरकारले आयोजना गरेको सविधान दिवस मूल समारोहमा बोल्दै थापाले यस्तो बताएका हुन्।
‘संविधान सभा सदस्यको सम्मान जरुरी छ। आयोजकको कमजोरी छ।’ थापाले भने, ‘संविधान हुँदाका बखत सम्मा उनीहरू बहाल हुन।’
संविधान ग्रहण गर्न सकिँदैन भाषण गरेर मात्र नहुने भन्दै। यो प्रवृत्ति परिवर्तन गर्न आवश्यक रहेको बताए।
कर्णालीमाथि भइरहेको उत्पीडन प्रति एकजुट हुनु प्रदेश सरकार र यहाँबाट प्रतिनिधित्व गर्ने सदस्यको दायित्व बन्नुपर्ने धारणा व्यक्त गरे।
गरिबीको अन्त्य, राष्ट्रको ढुकुटी वृद्धि गर्न उत्पादनमुखी काम हुन सक्दैन् तबसम्म कुनै किसिमको लक्ष प्राप्ति हुन नसक्ने बताए।