सुर्खेत । डोल्पामा मंगलबार एक जनाको शव फेला परेको छ । उक्त शव १६ दिनदेखि हराइरहेका डोल्पाका गुल्मपति विनय पण्डितको हुन सक्ने आशंका गरिएको छ ।
पुरासुन्दरी नगरपालिकामा पर्ने खदाङ भन्ने ठाउँमा मंगलबार बिहानै स्थानीयले शव फेला पारेको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए । उनले भने,‘शव फेला पारे लगत्तै जिल्ला प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीको नेतृत्वमा टोली परिचालन गरेर शव सदरमुकाम ल्याउने तयारी गरिएको छ । ‘उहाँको बुवा गणमा हुनुहुन्छ । शव पण्डितको हो कि होइन भनेर बुवाले पहिचान गरेपछि मात्रै एकिन हुने डिएसपी बुढाथोकीले बताए ।’
नन्दबक्स गुल्मका गुल्मपति पण्डित गत भदौ १० गते अपराह्न ४ः५५ बजेदेखि सम्पर्कविहीन भएका थिए । उनी ब्यारेकबाट स्थानीय जिप भाडामा लिएर त्रिपुराकोट गएको खुलेको छ । जिल्ला प्रहरी प्रमुख बुढाथोकीका अनुसार उनले नगेन्द्र बस्नेतले चलाउँदै आएको बोलेरो भाडामा लिएका थिए ।
‘ब्यारेक नजिकैबाट त्रिपुराकोट र त्यहाँभन्दा माथितिर पनि गाडी जान्छ । वर्षाको बेला भएकाले लामो दूरीसम्म त चल्दैन, ‘उहाँले गाडी भाडामा लिएर माथि जानु भएको रहेछ ।’ डिएसपी बुढाथोकीले भने