सुर्खेत । नेपाली काङ्ग्रेस कर्णाली प्रदेश कार्यसमितिले वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । काङ्ग्रेसले विपी जयन्तीको अवसर पारेर भदौं २४ र २५ गते कर्णालीका स्थानीय तहका जनप्रतिनिधीहरुलाई प्रशिक्षण दिने भएको हो ।
काङ्ग्रेस प्रवक्ता दमन शाहीको अनुसार बिहिबार बसेको पार्टीको कार्यसमिति बैठकले प्रशिक्षण कार्यक्रम लगायतका विभिन्न आठ बुँदे निर्णय गरेको हो ।
कृष्णप्रसाद भट्टराई स्मृति भवन निर्माण गर्ने भएको छ । त्यसका लागि प्रदेश कार्य समितिका पदाधिकारी, जिल्ला सभापति र कार्य समितिका सम्पूर्ण सदस्यहरूबाट आर्थिक सहयोग संकलन गर्ने निर्णय भएको प्रवक्ता शाहीले जानकारी दिए ।
यस्तै, प्रदेश कार्य समिति सदस्य रेणु आचार्यलाई लेखा समितिको संयोजकमा मनोनयन गर्ने निर्णय भएको छ ।
बैठकले जिल्ला सम्मेलन गर्न बांकि रहेका जिल्लाहरूलाई असोज मसान्तभित्र अनिवार्य सम्मेलन सम्पन्न गर्न पुनः निर्देशन गर्ने ।
गत जेठ १९ गते रारा बैठकले गरेका निर्णयको कार्यान्वयन तथा बैठक पश्चात् भएका गतिविधको समिक्षा गरेको छ भने ‘‘आन्तरिक विशेष अभियान’’ प्रभावकारी रूपमा संचालनभई सफलतापूर्वक सम्पन्न भएको निश्कर्ष निकालेको प्रवक्ता शाहीले बताए ।
साथै, भारतको दिल्लीमा उपचाररत् प्रेमबहादुर डांगीको स्वास्थ्य लाभको कामना गरेको छ भने पुर्व केन्द्रीय सदस्यहरू हरि न्यौपाने र डाक्टर राजाराम कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।