सुर्खेत। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसको कर्मचारी संघको सभापतिमा धर्मराज शाही विजय भएका छन्। बुधबार क्याम्पसमा भएको मतदानबाट शाहीको प्यानल विजय भएको हो।
संघको निर्वाचनका लागि नेपाली कांग्रेस निकट प्रजातान्त्रिक प्यानल र नेकपा माओवादी र नेकपा एमाले निकट संयुक्त प्रगतिशिल प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो।
कुल खसेको ३५ मतमध्ये शाहीले २१ मत प्राप्त गरी विजय भएभने उनका प्रतिस्पर्धी जनक बहादुर थापाले १३ मत पाए।
शाहीको प्यानलबाट उपसभापतिमा २० मत लिई चन्द्रा ढकाल भईन् उनका प्रतिस्पर्धी सीता खत्रीले १३ मत प्राप्त गरिन्।
सचिवमा २० मत लिई यामलाल गौतम विजय भएभने उनका प्रतिस्पर्धी राजन शर्माले १५ मत लिए।
सहसचिवमा २० मत लिई पूर्णबहादुर सुनार विजय भएभने उनका प्रतिस्पर्धी सुझौना थारुले १३ मत प्राप्त गरिन्। यस्तै, कोषाध्यक्षमा २४ मत लिई दिनेश डाँगी विजय भएभने उनका प्रतिस्पर्धी नरहरि पोखरेलले १० मत लिए।
यसैगरी सदस्यमा पूर्ण प्रसाद लामिछाने, सिंहबहादुर खत्री, पट्टुलाल थारु, दलबहादुर माझी, तेजबहादुर थापा र बसन्ती सुनार विजय भएका छन्। संयुक्त प्रगतिशिल प्यानलबाट बलबहादुर थापा, पुतला खड्का, विष्णु सुनार, विश्वराज थारु, मनिराम थारु र राजकुमारी भुजुवा पराजित बने।
त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुको छाता संगठन त्रिवि कर्मचारी संघलाई कर्मचारीहरुबीचको ‘मिनी संसद’का रुपमा लिने गरिएको जानकारहरुको भनाई छ।
संघमा आवद्ध कर्मचारीको सर्वांगिण विकासका लागि पहल गरिने निर्वाचित शाहीले प्रतिवद्धता जनाए। सुर्खेत बहुमुखी क्याम्पसमा प्राविधिक धारतर्फका नयाँ शैक्षिक कार्यक्रम थप गर्नका लागि विशेष भुमिका खेलिने बताए।
साथै, उनले निर्वाचनमा सहयोग गर्ने मतदाता, निर्वाचन समिति लगायत सम्बद्ध व्यक्तिहरुलाई धन्वाद ज्ञापन गरे।