सुर्खेत। कर्णाली प्रदेश सरकारमा नियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। सोमबार प्रदेश प्रमुख तिलक परियारले दुई मन्त्रीलाई शपथ ग्रहण गरेका हुन्।
मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेर प्रदेश प्रमुखको कार्यालयका नाम पठाएका थिए।
नवनियुक्त मन्त्रीहरु माओवादी केन्द्रबाट सिफारिस भएका हुन्।
यसअघि माओवादीले आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो।