दैलेख। महावुधाम दैलेख र कालीकाेट जिल्लाकाे सिमानामा पर्ने महाबुधाम धार्मिक एवम् पर्यटकीय दृष्टिकाेणले महत्वपूर्ण छ। प्रत्येक वर्षको जनै पूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्दछ। याे वर्ष पनि महाबुधाममा हजारौं दर्शनार्थीहरुको भिड लागेकाे थियाे।
याे पनिः महाबुधाममा मेला
हिन्दुहरुको आराध्यदेव देवादीदेव महादेवको शिवलिंग स्वरुपको दर्शनार्थीहरु महावुु पुग्ने गरेका छन्। कठिन भिरको बाटोमा ज्यानै हत्केलामा राखेर चढ्न मात्रै पनि मोक्ष प्राप्त हुने विश्वासमा मानिसहरु तिर्थाटन गर्न पुग्ने गरेका छन्। (तस्विरमा हेराैं याे वर्षकाे मेला)
सबै तस्विरहरूः याेगेन्द्र रावल