काठमाडाैं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन्। साउन २१ गते उनी जापान जाने भएका हुन्।
जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान जान लागेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
मल्लका अनुसार प्रचण्डले कुनै राजनीतिक भेटघाट हुनेबारे परराष्ट्र मन्त्रालय र टोकियोस्थित नेपाली दूतावासबाट परामर्श भइरहेको छ।
प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जानेछन् ।
प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए।
भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट गरेका थिए।