सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ । प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
कर्णाली प्रदेश आर्थिक विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नहरूमाथि जवाफ दिदै मुख्यमन्त्री जीवनबहादुर शाहीले राजश्व वृद्धि गर्ने बारेमा सांसदले दिएको सुझाव महत्त्वपूर्ण रहेको बताए । उनले सरकार राजश्व वृद्धि गर्न लागिपर्ने बताए ।
प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको तर्फबाट कर्णाली प्रदेश आर्थिक विधेयक २०७९ सहित समग्र बजेट पारित गरिओस् भनी मुख्यमन्त्री जीवनबहादुर शाहीले सदनमा प्रस्ताव पेश गरेका थिए ।
सभामुख राजबहादुर शाहीले बहुमतले बजेट पारित भएको घोषणा गरेका थिए । अब अर्को बैठक आगामी बुधवार दिउँसो तीन बजे बस्ने भएको छ ।