सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले प्रदेश सभामा पेश गरेका हुन् ।
प्रस्तुत बजेटमा चालु तर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार अर्थात २८.११ प्रतिसत र पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ६९.५८ प्रतिसत बजेट विनियोजन गरिएको छ ।
साथै, स्थानीय तह वित्तिय हस्तान्तरणतर्फ चार अर्ब १ करोड ५७ लाख २९ हजार अर्थात १२.३१ प्रतिसत बजेट विनियोजन गरिएको छ ।
बजेटकाे पूर्णपाठ हेर्नुहाेस्