सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले समृद्ध कर्णालीको सपना पूरा गर्ने प्रक्रियामा आफूहरु लागिरहेको बताएका छन्। सुर्खेतमा आयोजित तेस्रो कर्णाली एक्स्पोको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘कर्णाली पछि परेको होइन, पारिएको हो’ यो भास्य बदल्न जरुरी छ। यसका लागि सरकारी संयन्त्र लागिरहेको जानकारी दिए।
संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा राखिएको बताए। एकल अधिकारमा पाएका व्यवस्था सेट कार्यान्वयन हुन नसकेको बताउदै यी संघले दिने र प्रदेशले माग्ने कुरा होइन संविधान कार्यान्वयन गर्ने कुरा भएकोले समयमै ध्यान दिन उपप्रधान एबम् रक्षामन्त्रीको ध्यानाकर्षण समेत गराए।
समाजमा बीउ खाने प्रवृत्ति, बजेट खर्च गर्नका निम्ति खर्च गर्ने की परिणाम खोज्ने यसका समीक्षा गर्न आवश्यक रहेको बताए।
मानसिकताको रूपान्तरण आवश्यक रहेको बताउँदै सबैको सहकार्य हुनपर्ने धारणा राखे। उनले एक्लै दौडिन खोजेर केहीपनि कुरा रूपान्तरण गर्न नसकिने बताए।
सार्वजनिक खरीद ऐन जननुकुल नभएको बताए। यी परिवर्तन गरिनुपर्छ।
संघीयताले केहीपनि भएन भन्ने एकथरी चिच्याइरहेको जनाउँदै त्यसो नभई कर्णालीमा भएको परिवर्तनलाई उदाहरणको रूपमा लिनुपर्ने बताए।
आमजनतासँग साझेदारी नगरी सरकार अघि बढ्न नसक्ने भन्दै तादम्यता मिलाउनुपर्ने सुझाव दिए।
अर्काले बनाएको खोचा-पोका बेचेर व्यवसाय गर्न नहुने बताए। उत्पादनमुखी व्यवसाय गर्नुपर्ने धारणा राखे। तर, उद्योग सञ्चालनमा आफूसँग व्यवसायीले राखेको कुरा स्मरण गर्दै जनानुकुल कानुन आवश्यक रहेको बुझाइ व्यक्त गरे।
आन्तरिक उडान हुन नसकेकोमा आफू सहित कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरुको प्रयासले केही दिनमा आन्तरिक हवाई सेवा निरन्तर हुने विश्वास व्यक्त गरे।
अर्ग्यानिक उत्पादन र अन्तराष्ट्रिय बजारीकरणका लागि पहल भएको बताए।
निजी क्षेत्रका लागि सरकारले व्याज अनुदान, बाटो, बिजुली पानीको व्यवस्था लगायतका सहुलियत प्रदान गर्न सकिने भएकोले अब व्यवसायीक लगानी बढाउन आग्रह गरे।
राजनीतिक अस्थिरताका कारणले बाहिरको लगानी भित्राउन कठिनाई देखिएको बताए।