सुर्खेत। कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता यामलाल कँडेलले निजी क्षेत्रहरू उत्पादनमा अग्रसर हुनुपर्ने बताएका छन्। सुर्खेतमा आयोजित तेस्रो कर्णाली एक्स्पोको उद्घाटन सत्रमा बोल्दै उनले सेवामुखी व्यवसाय भन्दापनि उत्पादनमा जोड दिन आवश्यक रहेको धारणा व्यक्त गरे।
व्यानरमा लेखिएजस्तो स्टल नभएको भन्दै उनले त्यसतर्फ ध्यान दिन समेत सुझाव दिए। एक्स्पो सांस्कृतिक, समय बिताउने कुरा सँगै रूपान्तरणका निम्ति सफल हुने अठोट राख्नुपर्ने बताए।
जलस्रोतको धनी प्रदेश कर्णाली भएपनि उत्पादन भएको विद्युत यहाँ उपयोग गर्न नपाउने हो भने यसलाई परिवर्तन गर्ने कुरामा अगी बढ्नुपर्ने बताए।
साथै, सरकारप्रति टिप्पणी गर्दै नेता कँडेलले सरकारमा बस्नेहरूले सोचे मुताबिक जनताको मनोविज्ञान नभएको बताए।
विकास र निर्माणका निम्ति धेरै अभाव छ। प्राप्त गरेको वस्तु यो बीचमा मूल्यांकन गर्दा योग्यता र क्षमता अनुसार गर्न नसकेको बताए। यसबाट जनताको आक्रोश सिर्जना भएको बताए।
विकास निर्माण समय क्रममा परिवर्तन हुने भन्दै सबै राजनीतिक दलको समर्थन हुनपर्ने तर्क राखे।
संघीय संरचनाको केन्द्रका हिसाबले यहाँ भएका संरचना सर्ने काम राम्रो नहुने भन्दै यसलाई रोक्न उने भनाई राखे।
बिना अध्ययन, बिना छलफल ओहोदा र प्रतिष्ठानमा भएको आधारमा गरिएका निर्णय सहिय नहुने बताए।