कर्णाली। राष्ट्रिय सभा सदस्य पदका लागि भएकाे निर्वाचनकाे मतगणना सुरू भएकाे छ । विहान ९ बजेदेखि सुरू भएकाे मतदान १ः१५ मा सकिएकाे थियाे।
मतगणना कार्य केही समय अघिदेखि सुरू भएकाे निर्वाचन अधिकृत कार्यालयका उज्जवल रावलले जानकारी दिए।
निर्वाचनमा प्रदेश सभा तर्फका ४० सदस्यले मतदान गरेका थिए । यस्तै, ७९ स्थानीय तहका कूल १५८ मतदातामध्ये १५६ जनाले मतदान गरेका थिए।
कर्णाली प्रदेशबाट तीन पदका लागि छ जना उम्मेदवार छन्।
सत्तारुढ गठबन्धन दलबाट अन्य कलस्टरमा कृष्णबहादुर रोकाया, महिलातर्फ सावित्री मल्ल र दलिततर्फ विष्णु विकले उम्मेदवार छन्।
यस्तै, नेकपा एमालेका तर्फबाट अन्यमा डिल्ली प्रसाद भट्ट, महिलातर्फ विमला शाही र दलिततर्फ हिक्मत विकले उम्मेदवार छन्।
यसपटक भएको निर्वाचनमा प्रति प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार रहेको छ । यसरी गणना हुँदा कर्णाली प्रदेशको कूल मतभार पाँच हजार ८४ रहेको छ ।